१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा पहिरोले एक घर भत्कियाे

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

संखुवासभाको मकालु गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ।

मंगलबार बिहान करिब ६ बजेतिर पहिरोले मकालु गाउँपालिका–२, सुवेदी गाउँका स्थानीय ५७ वर्षीय फुनुर्बु शेर्पाको ढुंगामाटो र काठले बनेको जस्तापाताले छाएको दुईतले घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

निरन्तर परेको अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। घर भत्किँदा मानवीय र पशु चौपायको भने क्षति नभएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा निरन्तर वर्षा भइरहेको हुँदा खोला बढेकाले उद्धारका  लागि नुम प्रहरी चौकीबाट सो स्थानमा प्रहरी पुग्न नसकेको बताइएको छ। पहिरोपीडितहरू सेदुवास्थित आफन्तकोमा शरणमा बसिरहेका छन्।

केही दिनअघिदेखि जिल्लाको उत्तरी क्षेत्र मकालु र भोटखोलामा भारी वर्षा भइरहेको छ। मकालु र भोटखोला गाउँपालिकाले सचेत र सुरक्षित स्थानमा बस्न सार्वजनिक रूपमा अपिल गरेका छन्। सदरमुकाम खाँदबारीदेखि उत्तरी क्षेत्रमा पर्ने मकालु र भोटखोला क्षेत्रको भौगोलिक अवस्था पनि उत्तिकै जोखिमपूर्ण छ। बर्सेनि सो क्षेत्रमा बाढी र पहिरोबाट धनजनको क्षति हुने गरेको छ।

छुटाउनुभयो की ?