
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३५.७३ अंकले घटेर दुई हजार ६५८.९३ को विन्दुमा कायम भएको हो।
आज ३१५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ७५ हजार ५०८ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै बैंकिङ समूह २.३४ र होटेल तथा पर्यटन समूह २.१२ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक १.१४, वित्त ०.८३, जलविद्युत् ०.९६, लगानी १.२९ र जीवन बिमा समूह ०.७४ प्रतिशतले घटेको छ।
यसैगरी, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त १.२७, म्युचल फन्ड ०.०१, निर्जीवन बिमा ०.६८, व्यापार १.३७ र अन्य समूह ०.९८ प्रतिशतले घटेको छ।
आजको कारोबारमा प्युअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड परेको छ, जसको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ।