१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २० मंगलबार १६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसा प्रकरण छानबिन गर्न विशेष समिति वा आयोग गठन गराैँ : मनीष झा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १६:१८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले भिजिट भिसा प्रकरण छानबिन गर्न विशेष समिति वा आयोग गठन गर्नुपर्ने बताएका छन्। 

गृह मन्त्रालयको जिम्मेवारीमा रहेका सबैको कार्यकालको छानबिनको माग गर्दै झाले विशेष समिति वा आयोग गठनको प्रस्ताव गरेका हुन्। एउटा संवैधानिक आयोगले सबैलाई छुन नसक्ने भएकाले विशेष समिति वा आयोग गठन गर्नुपर्ने उनकाे भनाइ छ।

व्यक्तिकेन्द्रित छानबिन महत्त्वपूर्ण नहुने भन्दै उनले भनेका छन्, ‘हाम्रा लागि केवल एकजना पात्र जो हाल गृहमन्त्री हुनुहुन्छ उहाँ मात्र महत्त्वपूर्ण होइन, हाम्रा लागि यो प्रकरणमा छानबिनमा परेको एउटा कर्मचारी तीर्थ भट्टराई पनि महत्त्वपूर्ण होइन। हाम्रा लागि महत्त्वपूर्ण कुरा के हो भने यो समस्याको समाधान होस् र भोलिदेखि कोही नेपाली वैदेशिक रोजगारी जाने क्रममा नठगियोस्, नलुटियोस्, बाकसमा आउन नपरोस् र बलात्कृत हुन नपरोस् भन्ने हो।’

वैदेशिक रोजगारी ऐन, २०६४ पश्चात् यो समस्या आएको भन्दै झाले त्यसपश्चात् गृहको जिम्मेवारीमा रहेका सबैको कार्यकालको छानबिन गर्नुपर्ने बताएका छन्। ‘एउटा संवैधानिक आयोगको दायराले सबैलाई छुन सक्दैन, तसर्थ यो मुद्दाकेन्द्रित छानबिन विशेष समिति/आयोग बन्नुपर्छ,’ उनले भनेका छन्।

छुटाउनुभयो की ?