१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाललाई स्कटल्यान्डले दियो २९७ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३४:oo

नेपाललाई आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा घरेलु टोली स्कटल्यान्डले २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्कटल्यान्डको डुन्डीमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो।

स्कटल्यान्डका ओपनर चार्ली टेअरले सर्वाधिक ८० रन बनाए। ७२ बलमा १२ चौका र १ छक्का हिर्काएका चार्लीलाई करण केसीले आसिफ शेखबाट क्याच आउट गराएका थिए। पाँचौँ नम्बर क्रिजमा आएका फिन्ली म्याकक्रेथले ६७ बलमा ५५ रन बनाए। तीन चौका र १ छक्का हिर्काएका उनलाई सोमपालले कप्तान रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए।

कप्तान रिची बेरिन्टनले ४६ बलमा ४० रन बनाएका थिए। उनलाई पनि करणले आसिफबाटै क्याच गराए। ३९ रन बनाएका म्याथ्यु क्रोसलाई सन्दीप लामिछानेले कुशल भुर्तेलबाट क्याच गराएका थिए। सोमपाल कामीले ब्रान्डन म्याकमुलेनलाई वैकल्पिक खेलाडी बसिर अहमदबाट क्याच गराए। यसअघि ओपनर जर्ज मुन्सीलाई रिजन ढकालले सोमपालबाट क्याच गराएका थिए।

१८ रन बनाएका माइकल लेस्कलाई रिजनले भीम सार्कीबाट क्याच आउट गराउन सफल भए।

नेपालको लागि करण, रिजन र सोमपालले समान सर्वाधिक दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए। कुशल भुर्तेल, आसिफ शेख र गुल्सन झा भने विकेटविहीन रहे। १० ओभर बलिङ गरेका रिजन भने महँगो साबित भए। उनले ७८ रन खर्चिए।

नेपाल लिग २ को चौथो शृंखला जित्नै पर्ने दबाबमा छ। शृंखलामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्डसँग समान २ खेल खेल्नेछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाल तालिकामा कमजोर प्रदर्शन गर्दै पुछारमा छ। १२ खेलमा मात्र २ जित निकाल्दै ६ अंक जोडेको छ। नेदरल्यान्ड २६ अंकसहित दोस्रो र २० अंक जोडेको स्कटल्यान्ड चौथो स्थानमा छ। २८ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ।

छुटाउनुभयो की ?