१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार

लागुऔषध खैरो हेरोइनसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

चौबिसे गाउँपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित चारजनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।

चौबिसे गाउँपालिका–६, राजारानीमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका–६, राजारानीका २२ वर्षीय पूजन लिम्बूसहित उनको घरमा सुतिरहेका २२ वर्षीय सेसेहाङ चेम्जोङ, ३७ वर्षीय दिनेश लिम्बू र २२ वर्षीय जेम्सन लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए।

पक्राउ परेकाहरूको कोठाबाट प्लास्टिकमा प्याक गरिएको खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम, नगद रकम ४१ हजार पाँच सय र चार थान मोबाइल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। लागुऔषधसहित उनीहरू चारैजनालाई आजै जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ। 
 

छुटाउनुभयो की ?