१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ लाख अवैध रकमसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

पर्सा प्रहरीले विशेष सूचनाको आधारमा आइतबार १२ लाख रुपैयाँ हुन्डै रकमसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी २५ वर्षीय सुरेशकुमार वर्णवाल र भारत विहारको बेतिया बकुलहरनिवासी १९ वर्षीय सत्यमकुमार रहेकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार अपराह्न चौकी परवानीपुर पर्साबाट खटिएको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरेको हो। पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका वर्णवालको साथबाट कालो रंगको ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा नेपाली एक हजार दरका सात लाख ७१ हजार र पाँच सय दरका आठ सय ५८ थान नोट (४ लाख २९ हजार) गरी १२ लाख बरामद भएको हो।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।

छुटाउनुभयो की ?