१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा ८१ प्रतिशत माटोमा अम्लीयपन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

सल्यानमा खेतीयोग्य जमिनको माटोमा अत्यधिक अम्लीयपन बढ्दै गएको पाइएको छ । जिल्लाको शारदा नगरपालिकामा गरिएको माटो शिविरमा ८१.८६ प्रतिशत माटोमा अम्लीयपन पाइएको छ । 

तीन दिनसम्म सञ्चालन भएको निःशुल्क माटो शिविरमा ४१९ माटोको परीक्षण गर्दा ३४३ अर्थात् ८१.८६ प्रतिशत माटोमा अम्लीयपन रहेको पाइएको एकीकृत कृषि प्रयोगशाखा सुर्खेतका कार्यालय प्रमुख चित्रबहादुर रोकायले बताए। उनका अनुसार ६९ माटो तटस्थ, सातवटा माटोमा क्षारीय र २३३ जग्गामा कृषिचुन प्रयोग गर्न सिफारिस गरिएको छ ।

किसानले परीक्षणमा ल्याएका माटोहरूमध्ये अधिकांशमा अम्लीयपनको मात्रा उच्च रहेको छ । उनले भने, ‘अम्लीयपन बढ्दा उत्पादन घट्ने तथा माटोको उर्वराशक्ति घट्दै जाने समस्या हुन्छ । त्यसका लागि रासायनिक मलको प्रयोग कम गर्न आवश्यक छ ।’ 

अम्लीयपन बढेपछि माटोबाट बिरुवासम्म मल तथा पौष्टिक तत्त्व प्रवाह नहुँदा उत्पादन घट्ने र रोग लाग्ने उनको भनाइ छ । 
तीन दिनसम्म सञ्चालन भएको शिविरमा किसानले ल्याएको माटोमा नाइट्राेजन कम ४७, मध्यम ३५४ र बढी १८, फस्फोरस कम ४, मध्यम ६९ र बढी ३४६ , पोटास कम १४, मध्यम १४२ र बढी १६३ पाइएको  शारदा नगरपालिका कृषि विकास शाखा प्रमुख कविराज ज्ञवालीले जानकारी दिए ।

गत वर्षभन्दा यो वर्ष माटोमा अम्लीयपन बढेको पाइएको उनको भनाइ छ । माटोको गुणस्तरमा परीक्षण गरेर मात्रै बाली लगाउँदा किसानलाई फाइदा हुने ज्ञवालीले बताए। उनले भने, ‘शिविरले किसानलाई आफ्नो माटोको अवस्थाबारे जानकारी गराउने र सजगता अपनाउन आग्रह गर्ने माध्यम हो । कृषिले रासायनिक मलभन्दा प्रांगारिक मल उत्पादन गर्नेतर्फ बढी जोड दिन जरुरी छ ।’ 
 

छुटाउनुभयो की ?