१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भारतीय राजदूतसहितको टोलीले गर्‍यो राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको म्याग्दीमा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको नेपाल विद्यत प्राधिकरणका कार्यकारी निर्देशकसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव तथा नेपालका लागि भारतीय राजदुत र अन्य उच्च पदस्थ अधिकारीहरुले स्थलगत निरिक्षण गरि आयोजनाको कार्य प्रगति एवं निर्माण कार्यको बारेमा जानकारी लिएका छन्।

कुल अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख रहेको आयोजनामा एक्जीम बैंक अफ इन्डीयाबाट ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त गरी कार्य अगाढी बढाइएको छ। बाँकी रकम नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने बताइएको छ।

आब २०८२/८३ को पौष सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकाले सो अनुसारको कार्यप्रगति, कार्यस्थलको अवस्था, साइटमा कार्य गर्दा आइपरेको समस्याहरु तथा तोकिएको समयमा कार्य सम्पन्न गर्नका लागि गर्नुपर्ने सहजीकरणका बारेमा आयोजना निर्माणस्थलमा नै छलफल तथा अन्तरक्रिया गरिएको छ।

आयोजनाको निर्माण कार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य, र इलेक्ट्रो–मेकानिकल कार्य गरि दुईवटा लटमा विभाजित गरिएको छ। यस आयोजनाको लट–१ सिभिल तथा हाईड्रोमेकानिकल कार्यको लागि ठेकेदार जैप्रकाश एसोसिएयट लिमिटेड इन्डीयासँग ठेक्का सम्झौता भई हाल कार्य भइरहेको छ।  सिभिल कार्यअन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर, टनेल, सर्ज शाफ्ट, प्रेसर शाफ्ट, विद्युतगृह लगायतका कार्यहरु समावेश छन्। हालसम्म सिभिल कार्यअन्तर्गत करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ।

यस आयोजनाको लट–२ इलेक्ट्रोमेकानिकल कार्यको लागि ठेकेदार भारत हेभी इलेक्ट्रीकल लिमिटेड, इन्डीयासँग खरिद सम्झौता भई इलेक्ट्रोमेकानिकल सम्बन्धी कार्य भइ रहेको छ। इलेक्ट्रोमेकानिकल लटअन्तर्गत टर्बाइन, जेनेरेटर, गभर्नर, ट्रान्सफर्मरलगायतका उपकरणहरु आपूर्ति तथा जडान कार्य भइ रहेको छ। हालसम्म इलेक्ट्रोमेकानिकल कार्यअन्तर्गत निर्माण व्यवसायीको प्लान्टमा भएको विभिन्न यन्त्र उपकरणहरुको निर्माण तथा सोको सफल इन्सपेक्सन, निर्माण स्थलमा भइ सकेको आपूर्तिको प्रगति र जडान भइ सकेको प्रगतिको आधारमा हाल सम्म इलेक्ट्रोमेकानिकल कार्यको प्रगति करिब ५० प्रतिशत रहेको बताइएको छ।

आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा लुप इन लुप आउट प्रणालीबाट प्रसारण गरिने छ र सो को कार्य सम्पन्न भइ सकेको छ। आयोजना सम्पन्न भएपछि ऊर्जा आपूर्तिको समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्नुका साथै स्थानीय स्रोत साधनको सदुपयोग र राष्ट्रिय आर्थिक सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो की ?