
संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक सुरु भएको छ।
सभामुखको सचिवालयका अनुसार सभामुखले बोलाएको बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुनेछ ।
आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरोध गरिरहेका छन् । संवैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरूले बिहीबार संसदमा बजेट प्रस्तुत गर्न दिए पनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।