Skip This
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ नेताहरूबिच गान्सुमा वार्ता, बिआरआई कार्यान्वयनदेखि बुद्ध धर्ममा सहकार्यबारे छलफल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्सु प्रान्तमा सिपिसी केन्द्रीय सदस्य रिन जेहेसँग भेटवार्ता गर्दै ।
पर्शुराम काफ्ले कुन्मिङ (चीन)
२o८२ जेठ १६ शुक्रबार १o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ नेताहरूबिच गान्सुमा वार्ता, बिआरआई कार्यान्वयनदेखि बुद्ध धर्ममा सहकार्यबारे छलफल

Read Time : < 1 मिनेट
पर्शुराम काफ्ले, कुन्मिङ (चीन)
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १o:१३:oo

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का केन्द्रीय सदस्य एवं गान्सु प्रान्तीय पार्टी उपप्रमुख तथा प्रान्तका गभर्नर रिन जेहे नेतृत्वको टोलीसँग बिहीबार भेटवार्ता गरेकी छिन् । गान्सु प्रान्तमा एमाले नेताहरूसहितको प्रतिनिधिमण्डलस्तरीय भेटमा नेपालमा बिआरआई सम्झौता कार्यान्वयन र बुद्धधर्म प्रवद्र्धनबारे छलफल भएको छ ।

शुक्रबार पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपति हान झेङबिच भेटवार्ता हुने कार्यक्रम छ । सभ्यतासम्बन्धी कार्यक्रममा सहभागी हुन गान्सु जाने उपराष्ट्रपति नै पूर्वराष्ट्रपति भण्डारीले यसपटक चीनमा भेट गर्ने उच्च चिनियाँ अधिकारी हुनेछन् । प्रतिनिधिमण्डलमा सहभागी एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबिच शुक्रबार भेटवार्ता हुने तय भएको बताए ।

बेइजिङबाट मंगलबार अपराह्न गान्सु पुगेका उनीहरूले बुधबार र बिहीबार गान्सुको डुनहुवाङमा विभिन्न विकास नमुनाको निरीक्षण गरेका थिए । सोहीअनुसार बिहीबार अपराह्न पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ नेताहरूको भेट भएको हो । थापाका अनुसार भेटमा चिनियाँ नेताले बिआरआई कार्यान्वयन बेइजिङस्थित केन्द्र सरकारबाट भएको र यसमा सिंगो चीन एक रहेको बताएका थिए ।

नेपालसँगको सांस्कृतिक सम्बन्धलाई चीनको गान्सु प्रान्तले निकै महत्व दिएको उनको भनाइ थियो । उनले बिआरआई फ्रेमवर्क एग्रिमेन्टअन्तर्गतका परियोजना कार्यान्वयनमा चीन प्रतिबद्ध रहेको बताएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको व्यापार घाटा कम गर्ने विषयमा पाँच वर्षअघि राष्ट्रपति सी जिनपिङसँग भएको कुराकानीको स्मरण गराएकी थिइन् । भेटमा सांस्कृतिक आदानप्रदान, चिकित्सा शिक्षाको सम्भावना, लुम्बिनीको प्रवद्र्धनलगायत विषयमा पनि छलफल भएको थापाले बताए ।