१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष अर्याललाई संस्थागत पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५४:oo

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा  अध्यक्ष शोभा अर्याल  गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले दिने संस्थागत पुरस्कारबाट पुरस्कृत भएकी छिन्।

संस्था र मिडिया विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई विभिन्न माग राखेर ध्यानाकर्षणपत्र बुझाउने र तीनै तहका सरकार मिडियामैत्री बन्नुपर्छ भन्ने अभियान सञ्चालन गरेकी अर्याललाई संस्थागत पुरस्कार प्रदान गरिएको हो। अध्यक्ष अर्याल पत्रकार महासंघ बागमती प्रदेशका १३ जिल्लामा एक मात्र निर्वाचित महिला अध्यक्ष हुन्। 

उक्त अवसरमा अर्यालसहित सातजना पत्रकार सम्मानसहित पुरस्कृत भएका छन्। प्रदेश सरकारले  मकवानपुरका प्रताप विष्ट, काठमाडौंका कुमारभक्त रञ्जितकार, धादिङका  नवराज छत्कुली, चितवनका नेपोलियन चेपाङ,  सिन्धुपाल्चोककी अस्मिता तामाङ र नुवाकोटका रामचन्द्र अर्याल  पनि पुरस्कृत भएका छन् ।