१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
रासस बेइजिङ
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विद्यार्थी भिसा रद्द गर्ने अमेरिकी निर्णयको चीनद्वारा आलोचना

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

बेइजिङले चिनियाँ विद्यार्थीहरूको भिसा ‘अनुचित रूपमा’ रद्द गर्ने अमेरिकी निर्णयको आलोचना गर्दै बिहीबार विदेशमन्त्री मार्को रुबियोको घोषणापछि वासिङ्टनमा विरोध जनाएको छ।

‘अमेरिकाले विचारधारा र राष्ट्रिय अधिकारको बहानामा चिनियाँ विद्यार्थीहरूको भिसा अनुचित रूपमा रद्द गरेको छ’, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीनले यसको कडा विरोध गर्दछ र अमेरिकासँग प्रतिनिधित्व दर्ता गरेको छ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक दिनअघि चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने वाचा गरेको थियो। चिनियाँ विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयहरूका लागि राजस्वको सबैभन्दा ठूलो स्रोत हुन्।

‘संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका वा महत्त्वपूर्ण क्षेत्रहरूमा अध्ययन गर्नेहरूसहित चिनियाँ विद्यार्थीहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्नेछ’, रुबियोले भनेका थिए, ‘हामी जनवादी गणतन्त्र चीन र हङकङबाट भविष्यका सबै भिसा आवेदनहरूको छानविन बढाउन भिसा मापदण्ड पनि संशोधन गर्नेछौँ।’

युवा चिनियाँहरू लामो समयदेखि अमेरिकी विश्वविद्यालयहरूका लागि महत्त्वपूर्ण छन्। विश्वविद्यालयहरू पूर्ण ट्युसन फि तिर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा निर्भर छन्।

यस कदममा प्रतिक्रिया दिँदै माओले ‘चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पुर्‍याएको र दुई देशबिचको सामान्य सांस्कृतिक आदानप्रदानमा बाधा पुर्‍याएको’ बताइन्।

‘अमेरिकाको यो राजनीतिक र भेदभावपूर्ण अभ्यासले अमेरिकाले सधैँ प्रचार गर्दै आएको तथाकथित स्वतन्त्रता र खुलापनको झुटकाे पर्दाफास गरेको छ र अमेरिकाको आफ्नै अन्तर्राष्ट्रिय छवि, राष्ट्रिय छवि र राष्ट्रिय विश्वसनीयतालाई थप हानि पुर्‍याएको छ’, उनले भनिन्।