Skip This
बजेटका लागि संसद् बैठक बस्दै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ १५ बिहीबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटका लागि संसद् बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १२:५६:oo

संघीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुँदै छ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्ने कार्यसूची छ ।

आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठक बस्दै छन् । प्रतिनिधिसभाको दिउँसो १ः३० बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा वाचन गर्ने र अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रिय सभाको दिउँसो १ः४५ बजे बस्ने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव ०८२/८३ को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।