Skip This
लागुऔषध ब्राउनसुगरसहित बर्दियाबाट दुईजना पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format २२:o७:oo
Read Time : < 1 मिनेट
समाचार

लागुऔषध ब्राउनसुगरसहित बर्दियाबाट दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o७:oo

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बर्दियाबाट दुईजनालाई पक्राउ गरेको छ । खैरो हेरोइनसहित प्रहरीले भे१ज ८९८ नम्बरको इको भ्यानका चालक र सहचालकलाई पनि पक्राउ गरेको जनाएको छ । 

प्लाष्टिकमा लुकाई राखेको दुई पुरिया (३ ग्राम २ सय ६० मिलीग्राम) ब्राउनसुगरसहित जुम्ला तातोपानी गाउँपालिका–२ डाँङ्गीबाडाका २८ वर्षीय लोकेन्द्र खत्री र कनका सुन्दरी गाउँपालिका–४ धोबीघाटका २४ वर्षीय नरेश बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए।  

उनले भने, ‘बाँसगढी नगरपालिका–१ चेपाङ रत्नराजमार्गबाट प्रहरीले इको भ्यानका खत्री चालक र बिसी सहचालक पक्राउ गरेको हो । पक्राउ गरिएको दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको  छ ।ु