Skip This
आठौँ खुला स्नुकर प्रतियोगितामा ६४ जनाले प्रतिस्पर्धा गर्दै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद

आठौँ खुला स्नुकर प्रतियोगितामा ६४ जनाले प्रतिस्पर्धा गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

कास्की जिल्ला आठौँ खुला स्नुकर प्रतियोगिता–०८२ मा ६४ जना खेलाडीले प्रतिपर्धा गर्ने भएका छन्। 

कास्की विलियड्र्स स्नुकर तथा पुल संघको आयोजनामा १५ देखि ३० जेठसम्म हुने प्रतियोगितामा ६४ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्। संघका अध्यक्ष सागरकुमार साई (दिलीप) का अनुसार प्रतियोगितामा संघमा आबद्ध क्लबहरूका खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्ने साईले जानकारी दिए।

प्रतियोगितामार्फत समाजमा भाइचारा सम्बन्ध, नैतिकता र अनुशासनमा थप विकास हुने आयोजकको अपेक्षा रहेको अध्यक्ष साईले जानकारी दिए। कास्कीमा यस खेलका ५० बढी क्लबहरू सञ्चालनमा रहे पनि हाल २० वटा क्लबहरू मात्र संघमा आबद्ध रहेको उनले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत पहिलो, दोस्रो र क्वार्टरफाइनल चरणका खेलहरू पोखरा–१७ स्थित फाइनल स्कोर स्पोर्टस्, एम एक्स स्नस्कर क्लब पोखरा–४ सिद्धार्थचोक, इगल आई स्नुकर क्लब पोखरा न्युरोड र सेभेन टवान्टी वान स्नुकर क्लब पोखरा पृथ्वीचोक गरी चार स्थानमा हुनेछ भने पोखरा–२ बाग्लुङ बसपार्कमा रहेको दिपलव स्नुकर क्लबमा उद्घाटन र फाइनलका खेलहरू हुने अध्यक्ष साईले जानकारी दिए।  

प्रतियोगितामा प्रथम हुनेले ८०, दोस्रोले ४०, तेस्रोले १५, हाइएस्ट ब्रेकरले ५ हजार नगद साथमा सिल्ड र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक संघका महासचिव सविन जिसीले जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि तीन लाख ५४ हजार आम्दानी, तीन लाख १० हजार खर्च हुने र बचत हुने ४४ हजार विभिन्न सामाजिक सेवामूलक कार्यमा खर्च गरिने जिसीले बताए।