Skip This
प्रधानमन्त्रीले गैरराजनीति र मुठभेडको भाषा बोल्दा पनि कांग्रेस नबोलेकोमा अचम्म लागेको छ :  कांग्रेस नेता कोइराला 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 30 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format २o:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीले गैरराजनीति र मुठभेडको भाषा बोल्दा पनि कांग्रेस नबोलेकोमा अचम्म लागेको छ :  कांग्रेस नेता कोइराला 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format २o:५८:oo

कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको सर्वोच्च पदमा बसेको व्यक्तिले गैरराजनीति र मुठभेडको भाषा बोल्दासमेत कांग्रेसले आधिकारिक रूपमा केही धारणा नबनाएको र कतै केही नबोलेकोमा पनि छक्क परेको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओली व्यक्ति मात्रै नभएर संस्थासमेत भएकाले देशको प्रमुख कार्यकारी पदमा आसिन व्यक्तिले बोलेका हरेक कुराको अर्थ हुने र जे पायो त्यही बोल्ने छुट नहुने बताए ।

मंगलबार विराटनगरमा नेपाल नाई संघको राष्ट्रिय परिषद् सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले भने, ‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’ उनले कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सदै गएकोमा चिन्ता व्यक्त गरे । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आरोप लागेपछि नेता कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । सोही विषयमा कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारीको बैठकमा आरोप लागेकै कारण गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बरु राजीनामा माग गर्ने नेताहरू डा. शेखर कोइरालासहित तीनजनालाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेको भनाइ छ । 

कार्यक्रममा कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा राष्ट्रिय समस्याबारे छलफल नभइ आफ्नो बारेमा मात्रै कुरा भएको सुन्दा अचम्मित बनेको बताए । कोइरालाले पदाधिकारी बैठकमा भर्खरै प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनलगायत जल्दाबल्दा मुद्दामा छलफल हुनुपर्नेमा आफ्नो बारेमा मात्रै केन्द्रित रहेको सुन्दा अचम्म लागेको बताए।

नेता कोइरालाले भने, ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला भन्ने लागेको थियो, तर कुरा त मेरै बारेमा मात्रै भएछ म त अचम्मित भएको छु।’