१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १३ मंगलबार
  • Wednesday, 28 May, 2025
२o८२ जेठ १३ मंगलबार २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार

युवा संघको अध्यक्षमा थेबे निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १३ मंगलबार २o:३९:oo

पोखरामा सम्पन्न युवा संघको १०औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा क्षिजित थेबे निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार सुमन पुरीलाई १८९ मतान्तरले पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

कुल एक हजार ७६४ मतदातामध्ये एक हजार ४०४ जनाले मतदान गरेकोमा ३६० जना अनुपस्थित थिए। खसेको कुल मतमध्ये अध्यक्षमा निर्वाचित थेबेले ७९७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले थेबेको भन्दा १८९ कम अर्थात् ६०८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत मदन तिवारीले जानकारी दिए।

बिहान १० बजेदेखि सुरु मतदानको समय दिउँसो ३ बजेसम्मलाई तोकिएकोमा एक घण्टा थप गरिएको थियो। मतदानका लागि ४५ वटा विद्युतीय मेसिन प्रयोग गरिएको थियो। प्रत्येक प्रदेशको लागि छुट्टाछुट्टै बुथ राखिएको थियो। 

मतदानमार्फत अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, उपमहासचिव, सचिव चारजना गरी नौ पदाधिकारीसँगै १५१ सदस्यीय नयाँ समिति चयन भएको छ। सँगै निर्वाचन, अनुशासन, युवाविज्ञ र लेखा आयोगका लागि अध्यक्ष, उपाध्यक्ष र सचिव गरी कुल १६३ जनासमेत निर्वाचनमार्फत चयन भएका छन्। निर्वाचित हुने कुल १६३ पदमध्ये ९३ पदका लागि मतदान भएको थियो भने अन्य निर्विरोध निर्वाचित भएका थिए।