१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
Invalid date format १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा जिप दुर्घटना हुँदा नाैजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२७:oo

सल्यानमा जिप दुर्घटना हुँदा नाैजना घाइते भएका छन्। आइतबार दिउँसो सल्यान कपुरकोट गाउँपालिका– ५, रिमबाट दाङ तुलसीपुर जाँदै गरेको लु.१ज १६३७ नम्बरको जिप कपुरकोट– ३, लामीडाँडानजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी सल्यान कपुरकोट– ५ की ६३ वर्षीया भीमा बुढा, ६७ वर्षीया मन्जिता बाेहरा, ३८ वर्षीया विजय बुढाथोकी, आठ वर्षीया रोसनी महतरा, १८ वर्षीया पुष्पा महतरा, ४५ वर्षीया चन्द्रकला महतरा, १५ वर्षीया सपना बुढाथोकी रहेका छन्। यस्तै, वडा नं. ४ की ४६ वर्षीया सीता बुढा र वडा नं. ६ का ५५ वर्षीय गोरेलाल बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको उनको भनाइ छ। घाइतेमध्ये भीमा बुढा, मन्जिता बोहरा, विजय बुढाथोकी, सपना बुढाथोकी र गोरेलाल बोहरालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको बस्नेतको भनाइ छ।

जिप अनियन्त्रित भएर सडकबाट करिब चार मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।