
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा एक महिलासहित नाैजना पक्राउ परेका छन् ।
शनिबार बेलुकीपख खाँदबारी नगरपालिका– ९, तुम्लिङटारमा भोजपुर साल्पासिलिछो गाउँपालिका– ४ का वर्ष ४१ का फुर्लाक्पा शेर्पा र खाँदबारी नगरपालिका– ९ का आठजना वर्ष ५२ का ढोकलबहादुर कार्की, वर्ष ४४ का प्रकाशकुमार बस्नेत, वर्ष ५० की गोमा अधिकारी बोहरा, वर्ष ५८ का खगेन्द्रबहादुर कार्की, वर्ष ४३ का विकास ढकाल, वर्ष ३५ का सन्जिप पोख्रेल, वर्ष ३५ का सुरेन्द्र श्रेष्ठ र वर्ष ४७ का गजेन्द्रबहादुर कटुवाल पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनको अनुसार, तुम्लिङटार विमानस्थलनजिकै खगेन्द्रबहादुर कार्कीले सञ्चालन गर्दै आएको होटेलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको डिएसपी बस्नेतले जानकारी दिए । उनीहरूको साथबाट ६ बुक ताससहित नगद एक लाख १२ हजार ३८० रुपैयाँ नियन्त्रणमा लिएकाे हो । उनीहरूलाई आइतबार (आज) कानुनबमोजिम म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।