१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
२o८२ जेठ ११ आइतबार १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किराँत समुदायले मनाए उँभौली पर्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १४:४७:oo

किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँभौली साकेला केलाङ सांस्कृतिक उत्सव पर्व विभिन्न कार्यक्रमका साथ धुमधाम मनाएका छन् ।

धनकुटाको विभिन्न स्थानहरूमा किराँत समुदायले सांस्कृतिक कार्यक्रमका साथ उँभौली साकेला केलाङ सांस्कृतिक पर्व मनाएका हुन् । साँगुरीगढी गाउँपालिका–१, लाबरबोटमा निर्माण गरिएको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका– १, गोपालपुरमा विभिन्न कार्यक्रमका साथ साकेला केलाङ नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।

उक्त प्रतियोगितामा धनकुटा र सुनसरी जिल्लाबाट सांस्कृतिक झाँकीसहित नृत्य प्रतियोगितामा सहभागी भएका थिए । उँभौलीमा अन्नबाली भित्र्याउनुअगाडि कुनै रोगव्याध नलागोस् भनेर प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । किराँतीहरूको धार्मिक पुस्तक मुन्धुमका अनुसार एक वर्षको समयलाई उँधौली र उँभौली गरी दुई भागमा वर्गीकरण गरिएको छ । 

वैशाख पूर्णिमादेखि एक महिनासम्म उँभौली पर्व मनाउने चलन रहेको किराँती अगुवा एवं लेउती जलाधार प्राकृतिक, सांस्कृतिक प्रवर्द्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए । मौलिक वेशभूषामा सजिएका किराँतीहरूले आफ्नो कला संस्कृति झल्किने खालका साकेला तथा चण्डी नाच प्रस्तुत गरेका थिए ।