१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

कल्पना रिजालको ‘डाँफे’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १४:३३:oo

प्रगतिशील साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति ‘डाँफे’को लोकार्पण गरिएको छ। पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको कृतिलाई एक समारोहबिच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज काठमाडौंमा लोकार्पण गरेका हुन्।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्तले राम्रो लेख्न राम्रो पाठक हुनुपर्ने बताए। पढेका र लेखिएका सबै विषय सत्य हुन नसक्ने भन्दै उनले प्रत्येक कृतिका फरक–फरक विशेषता हुने धारणा व्यक्त गरे।

कृतिको समीक्षा गर्दै अग्रज साहित्यकार भागिरथी श्रेष्ठले ‘डाँफे’ उपन्यासको शैली र भाषा उत्कृष्ट रहेको टिप्पणी गरिन्। श्रेष्ठले उपन्यास अध्ययन गर्दा लेखक रिजाललाई स्वतन्त्र रूपमा कमल चलाउन सक्ने साहित्यकारको रूपमा भेटेको उनको भनाइ थियो।

उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले डाँफेमा पूर्वी दर्शन, वैराग्य, शान्ति, प्रकृति, राष्ट्रियतालगायतका विभिन्न पक्षहरू समेटिएको हुनाले उत्कृष्ट रहेको बताए। विचारको माध्यमबाट जस्तासुकै विवादहरूको समाधान गर्न सकिने हुनाले नेतृत्वमा बस्नेहरूले मुलुकको हितका लागि वार्तामा बस्नु नै पहिलो विकल्प हुने कुरासमेत उपन्यासमा लेखक रिजालले प्रस्तुत गरेको जानकारी दिए।

पुस्तककी लेखक कल्पना रिजालले डाँफे उपन्यास नेपालको राष्ट्रिय चरो डाँफेजस्तै विविध रंग र सज्जाले भरिएको बताइन्। उनले पुस्तकमा परम्परावादी नेपाली समाजदेखि आधुनिक समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्ष, राष्ट्र, राष्ट्रियता, पूर्वीय दर्शनलगायतका विभिन्न पक्षहरू समेटिएको जानकारी दिइन्।

साहित्यकार, राजनीतिज्ञ, कवि, लेखक, शिक्षक, कलाकारलगायतका झन्डै सयजनाको सहभागिता रहेको लोकार्पण समारोहमा प्राज्ञ बाबा बस्नेत, इरादा गौतमलगायतले डाँफे उपन्यासका विविध पक्षमा चर्चा गरेका थिए।