
१५ जेठमा काठमाडौंमा हुने ‘जनआन्दोलन’मा सहभागी बनौँ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले शनिबार काठमाडौंको विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम चलाएको छ।
उनीहरूले सो क्रममा राजा र जनता मिलेर देश बचाऔँ, देश बनाऔँ।, भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि जनआन्दोलनमा सहभागी बनौँ, हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनः स्थापना, संघीयता खारेजी, मिटरब्याजी, लघुवित्त, सहकारीपिडितहरूलाई उचित व्यवस्था गरी राहत उपलब्ध गराउन, सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माणका निम्ति एकपटक निर्णायक संघर्षमा जुटौँ भन्दै आग्रह गरेका थिए।
घरदैलो कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतको सहभागिता थियो। कार्यक्रमको आयोजना संयुक्त जनआन्दोलन समितिले गरेको हो।