१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृह मन्त्रालयकाे दाबी : अध्यागमन सेटिङमा मन्त्रालय नेतृत्व संलग्न छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

भिजिट भिसामा गैरकानुनी रूपमा सेटिङ गरेर विदेश पठाएकाे र यसमा ठुलाे काराेबार भएकाे घटनामा गृह मन्त्रालयले नेतृत्व संलग्न नभएकाे दाबी गरेकाे छ।

शनिबार विज्ञप्ति जारी गर्दै अध्यागमनकाे घटनासँग मन्त्रालयलाई जाेडेकाेप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएकाे छ। 'यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ।' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ। 

मुलुकमा शान्तिसुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसमेत गर्दै आइरहेको पनि विज्ञप्तिमा जनाइएकाे छ। 

अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने पनि विज्ञप्तिमा उल्लेख छ। 'आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।' विज्ञप्तिमा भनिएकाे छ।