१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन्।

१८औँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउन्डेसन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्‌घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आमनागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए।

उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नागरिकको लगानीमा बिमामार्फत नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने स्थिति बनाउनुपर्छ भन्नुभयो। स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा सम्पूर्ण संगठित क्षेत्रलाई बिमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिए।

वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने  देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बिमामा जोडनु पर्ने प्रस्ताव पेस गरेको बताए।

प्रदेश सभा सदस्यत्रय अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डलले धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि  सहयोग गर्न आग्रह गरे।

फाउन्डेसनका अध्यक्ष फलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जीवछ गच्छदार र शिव प्रधानले मोरङको दुर्गम क्षेत्रका जनताको सेवामा भविष्यमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आजै समापन हुने शिविरमा न्युरो कार्डियो मल्टिस्पेसियलिटी हस्पिटलका चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीले क्षयरोग, न्युरो, हाडजोर्नी, ग्यास्ट्रोलोजी, स्त्री रोग, आँखा, चर्म, श्वासप्रश्वास, सेवा, रगत परीक्षण सेवा प्रदान गरिरहेका छन्।