१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २o:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागढुंगा सुरुङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २o:१८:oo

आगामी पुसपछि नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने भएको छ।  अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी ६ महिनाभित्र सुरुङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो।

कुल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुंगा सुरुङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले बताएका छन्।

‘अहिले उपकरणहरूको परीक्षण र समग्र सुरुङमार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,’ इन्जिनियर कोइरालाले भने, ‘अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ। त्यसमा पनि दुई महिनाजति लाग्न सक्छ।’

उनका अनुसार आयोजनाले सुरुङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्जिनको निरन्तर प्रवाहजस्ता सुरुङमार्गका अत्यावश्यक सेवा (टनेल फ्यासिसिटी) उपलब्ध गराउने कामलाई अन्तिम रूप दिइरहेको छ।

पूर्वी मुखमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरु हुने कुल २.७ किलोमिटर लामो सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुंगिनेछ। त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरुङसमेत खनिएको छ।

सञ्चालनमा आएपछि नागढुंगादेखि बलम्बुसम्मको भौतिक दूरी करिब तीन किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झन्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ।

सुरुङमार्ग निर्माणमा सुरुमा देखिएका भौगोलिक अनिश्चितता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई आयोजना अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको पनि इन्जिनियर कोइराला बताउँछन्। सुरुङमार्गमा निस्किएको पानीको व्यवस्थापनबारे स्थानीय जनता, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबिच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको उनले बताए।

आयोजनाले सिस्ने खोलातर्फ बनाउन लागेको पार्कको काम भने जग्गाको स्वामित्वबारे विवादका कारण स्थगित गरिएको कोइरालले जानकारी दिए। मालपोतकै दस्ताबेजमा जग्गाधनीको महलमा सडक विभाग र व्यक्ति दुवैको नाम परेका कारण त्यहाँ अप्ठ्यारो परेको उनले बताए। रासस