१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुहारीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १९:५९:oo

घरायसी विवाद हुँदा रामेछापको मन्थली नगरपालिका– १२, गेलु सिक्रालमा ससुराले खुकुरी हानेर आफ्नै बुहारीको हत्या गरेका छन्।

शुक्रबार साँझ ससुरा र बुहारीको भनाभन हुँदा ६१ वर्षीय शम्भु बुढाथोकीले अन्दाजी २८ वर्षकी बुहारी पवित्रा बुढाथोकीलाई खुकुरी हानी हत्या गरेकाे प्रहरीले जनाएको छ। हत्यापछि बुढाथोकीले लिखु तामाकोशी गाउँपालिका– ६, खिम्तीमा रहेको प्रहरी चौकी आएर आत्मसमर्पण गरेका छन्।

घटनाको थप अनुसन्धानका लागि सदरमुकाम मन्थलीबाट जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेको कमान्डमा टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मृतक पवित्राका श्रीमान् खम्बहादुर बुढाथोकीले गत वर्ष साउन ३ गते काठमाडौंमा भाडामा बस्दै आएको घरमा झुन्डिएर आत्महत्या गरेका थिए। छोराको आत्महत्यामा बुहारीको हात रहेको आरोप लगाउँदै शम्भुले बुहारीलाई उतै छाडी नाै वर्षको नातिलाई रामेछाप ल्याएर आफूसँगै राखेका थिए।

लामो समयसम्म ससुराले आफ्नो छोरालाई राखेकाले छोरा लैजाने भन्दै काठमाडौं बस्दै आएकी पवित्रा गेलु पुगेकी मन्थली नगरपालिका– १२ का वडा सचिव रामहरि अधिकारीले बताए।