
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले राजसंस्था पुनर्स्थापनाबारे नबोलेको र नसोचेको विषयमा दुष्प्रचार भएको भन्दै खण्डन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर गलत सूचना सम्प्रेषण गरेर भ्रम फैलाइएको भन्दै खण्डन गरेका हुन् ।
‘सभापतिले कहीँ नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावनाविपरीत हो । जोसुकैले यस्तो कार्य गरेको भए पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको कांग्रेस निन्दा र भत्र्सना गर्दछ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि कांग्रेस प्रतिबद्ध रहेको भन्दै पौडेलले देउवाले खेलेको भूमिका विज्ञप्तिमा स्मरण गराएका छन् ।