१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २४ बुधबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल पेमेन्ट गेटवे सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार ११:४६:oo

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भएको भिसा तथा मास्टर कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

बैंकले नेपालमा इकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टले देश–विदेशबाट सहज रूपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् इकमर्स कारोबार गर्ने ट्राभल तथा टुर एजेन्सी, होटेल, एयरलाइन्स, हस्पिटललगायतका व्यवसाय लाभान्वित हुने बताइएको छ । 

ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानी प्राप्ति सहज बनाउने भएकाले बैंकका मर्चेन्टको व्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत हुने कारोबार थप सुरक्षित हुने बैंकको भनाइ छ ।