१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
रासस मोरङ
२o८२ बैशाख २३ मंगलबार १४:o९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

Read Time : < 1 मिनेट
रासस, मोरङ
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १४:o९:oo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रूपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरूको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराउनुपर्ने जनाएको छ।

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तर्क्रिया र कार्यक्रम आयोजना गर्न निर्देशन दिए। प्रदेश सरकारले आगामी गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ।

जेठ १४ गते प्रदेशका मन्त्रीहरूको नेतृत्वमा मन्त्रालय, स्थानीय तहका प्रमुखको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन परिसर, सार्वजनिक स्थल सरसफाइ गर्ने, सर्वसाधारण नागरिकहरूले आ–आफ्नो घरआँगन सरसफाइ गर्ने, लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि विषयक कार्यपत्र, अन्तर्क्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता गरी पुरस्कार वितरण गर्ने, साँझ दीपावली गर्ने जनाएको छ।

त्यसैगरी, जेठ १५ गते मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय कर्मचारीहरू ब्यान्डबाजासहित सुरक्षा निकायका कर्मचारीहरू, विभिन्न संघसंस्थाले रोडशेष चोकमा भेला भई प्रभातफेरी गरी महेन्द्र चोकमा आयोजित समारोहमा सहभागी भई साँझ घरमा दीपावली गर्ने कार्यसूची बनाएको छ।

जेठ १६ गते अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, मानव सेवा आश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने निर्णय गरिएको छ। जिल्ला समन्वय समितिका अध्यक्षकाे अध्यक्षतामा सबै जिल्लामा, स्थानीय तहका प्रमुखको अध्यक्षतामा सबै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रूपमा मनाउन पत्राचार गर्ने निर्णय गरिएको छ।