१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोक्षदाको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३२:oo

मोक्षदा, देव सुशील केडिया विश्व भारती ‘ए’, रत्नराज्य, ग्यालेक्सी पब्लिक, लर्निङ रिलेम र सैनिक आवसीय महाविद्यालयले जयकुमारनाथ शाह मेमोरियल यू–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।  

सोमबार मूलपानी क्रिकेट मैदानमा मोक्षदाले त्रियोग स्कुललाई १३५ रनले हरायो । पहिले ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय १७७ को लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा ब्याटिङ गरेको त्रियोग १०.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ४१ रन बनाउन पुग्यो । 

मोक्षदाको जितमा ईशान साह सुुवेदीले अलराउन्ड प्रदर्शन गरे । उनले ५९ बलमा सर्वाधिक ९५ रन बनाए । त्यस्तै, दुई विकेट लिएका थिए । आलोक कुमारले ३० रनको योगदान गरेका थिए । यस्तै, बलिङतर्फ अबि कुमारले चार ओभरमा ११ रन मात्रै खर्चिएर ६ विकेट लिएका छन् ।

अर्काे खेलमा सैनिकले नेक्सस इन्टरनेसनल एकेडेमीविरुद्ध तीन रनको रोमाञ्चक जित दर्ता गर्यो । सैनिकले प्रस्तुत गरेको ४१ रनको लक्ष्य पछ्याएको नेक्सस १३.१ ओभरमा ३७ रनमै समेटियो ।