
मकवानपुरगढी गाउँपालिकामा कुरिलो टिप्न जंगल गएका मकवानपुरगढी गाउँपालिका–५ का ५२ वर्षीय कप्तान रुम्बाको लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार गाउँपालिकाको वडा नम्बर–५ स्थित सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा आइतबार दिउँसो कुरिलो टिप्न जाँदा रुम्बाको लडेर मृत्यु भएको हो ।
उनी भिरबाट लडेर करिब एक सय मिटर तल पुगेका थिए । उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।