१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्रोत नखुलेको झन्डै एक करोडसहित काठमाडौंको गौशालाबाट चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५o:oo

प्रहरीले गौशालास्थित पिंगलास्थानबाट स्रोत नखुलोको ९५ लाख रुपैयाँभन्दा धेरै रकमसहित चारजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नपा–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नपा–१ का ४३ वर्षीय गणेश राई र लमजुङ दोदी गापा–३ का  ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँ बरामद गरेको काठमाडौं परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। 

उनले भने, ‘काठमाडौंको गौशालास्थित पिंगलास्थानबाट स्रोत नखुलेको झन्डै एक करोड रुपैयाँ बरामद भएको छ। घटनामा संलग्न चारजना पक्राउ परेका छन्। उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ।’