१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २१ आइतबार १५:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से तीन अंकले घट्दा नौ अर्बभन्दा बढीको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १५:४४:oo

साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से ३.४४ अंकले घटेर दुई हजार ६२०.३९ विन्दुमा कायम भएको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेको छ।

आज ३२२ कम्पनीका दुई करोड १९ लाख पाँच हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन पनि कारोबार रकम नौ अर्ब रुपैयाँबराबर पुगेको थियो।

आज बैंक, विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको सूचकमा वृद्धि देखिएको छ। यी समूहको सूचक एक प्रतिशतभन्दा कमले बढेका हुन्। वित्त १.३० प्रतिशतले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।

समग्रमा नेप्से सूचक घटे पनि आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तर, विन नेपाल लघुवित्तका लगानीकर्ताहरूको सेयर मूल्यांकन भने १० प्रतिशतले घटेको छ।