१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
दीपक भट्ट रामेछाप
२o८२ बैशाख २१ आइतबार १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका भूमिहीन सुकुमवासीलाई निस्सा वितरण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १५:१३:oo

रामेछाप जिल्लामा पहिलोपटक भूमि समस्या समाधान आयोगले रामेछाप नगरपालिका– ५ रामपुरका तीन सय भूमिहीन र दुई सुकुमवासीलाई शनिबार निस्सा वितरण गरेको छ।

लामो समयदेखि आफ्नो नाममा जग्गा नभएका रामपुरका नागरिकलाई गाउँमै पुगेर भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूले लालपुर्जा वितरण गर्नुभन्दा पहिला निस्सा वितरण गरेको रामेछाप नगरपालिका– ५ का वडाध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए।

आफ्नो नाममा जग्गा नभएर सरकारी जग्गा भोगचलन गर्दै आएका उनीहरूले राज्यले ढिलो गरी भए पनि भूमि उपलब्ध गराउन लाग्दा धेरै खुसी लागेको बताएका छन्। आयोगका पदाधिकारीहरूसहित स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा वडास्तरमा नै पुगेर निस्सा वितरण गरिएको हो।

रामपुरका भूमिहीन नागरिकहरूले पाएको सोही निस्साको आधारमा अब चाँडै नै लालपुर्जा पाउनेछन्। निस्सा पाएकाहरूको हकमा उनीहरूलाई जग्गा उपलब्ध गराउन अमिनसहितको प्राविधिक टोली सम्बन्धित स्थानमा पुगेर जग्गा नापजाँच गरी लालपुर्जा वितरण गरिने वडाध्यक्ष श्रेष्ठले बताए।