१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज कारागारका पाँचजना कैदीबन्दी कक्षा १२ को परीक्षामा सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा वीरगन्ज कारागारका पाँचजना कैदीबन्दी सहभागी भएका छन् । 

कक्षा १२ को परीक्षामा विभिन्न मुद्दाका पाँचजना पुरुष कैदीबन्दी सहभागी रहेकोे वीरगन्ज कारागारका जेलर खिमराज भुसालले जानकारी दिए । 

कारागारका कैदीबन्दीलाई कारागारभित्र नै कक्षा १२ को परीक्षा दिनलाई व्यवस्था गरिएको उनले बताए । कक्षा १२ को परीक्षामा सहभागी हुने तीनजना नियमित र दुईजना आंशिक परीक्षा दिने कैदीबन्दी रहेकोे जेलर भुसालले बताए । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक देशमा एक हजार ९१ परीक्षा केन्द्र छन् । परीक्षामा झन्डै २० हजार निरीक्षक र २१ सुरक्षाकर्मी खटिँदै छन् । 

यसपालि ०५६ यता विषय लागेका वा परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुँदै छन् । उत्तरपुस्तिका प्रदेश तहमा परीक्षण हुने र परीक्षा बोर्डले नतिजा प्रकाशन गर्नेछ ।