१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १o:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संकटाको जितमा ममताको पाँच गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१४:oo

ममता पुन मगरको पाँच गोल प्रेरित संकटा फुटबल क्लब सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार मकवानपुरको हेटौँडामा संकटाले बाराको नवजनजागृति क्लबलाई ६–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । संकटा लगातार दोस्रो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि नुवाकोटमा भएको बागमती गोल्डकपमा सेमिफाइनल खेलेको थियो । तर, फाइनल पुग्न खेलेको संकटालाई विभागीय टोली नेपाल पुलिस क्लबले पराजित गरेको थियो ।

हेटौँडा– ६ स्थित गौरीटार रंगशालामा संकटालाई जिताउन ममताले पाँच गोल गर्दा जेनिफर रानाले थप एक गोल गरेकी हुन् । नवजनजागृतिका लागि रोजिना लामाले एक गोल फर्काइन् । नवजनजागृतिविरुद्ध संकटाले खेलको नौ मिनेटमै अग्रता बनायो । ममताले अग्रता बनाइन् । त्यस्तै, जेनिफरले १३औँ मिनेटमा अग्रता दोब्बर बनाइन् । त्यसपछि ममताले खेलको २१, ३५, ६७ र इन्जुरी समयमा गोल गरिन् । यता, नवजनजागृतिका लागि रोजिना लामाले ७९ औं मिनेटमा एक गोल फर्काएकी हुन् । खेलमा ५ गोल गरेकी संकटाकी ममता नै प्लेयर अफ द म्याच घोषित हुँदा १० हजार प्राप्त गरिन् । 

पुलिस र रौतहट खेल्दै 
प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लब र रौतहट जिल्ला महिला टिमबिचमा खेल हुनेछ । पुलिस शनिबार नै बागमती गोल्डकपमा उपविजेता भएको थियो । फाइनलको सात मिनेटको इन्जुरी समयमा अनिता केसीले गोल गरेपछि एपिएफले लगातार पुलिसलाई उपाधि भिडन्तमा हराएको हो ।

यसअघि अन्तरालले नेपालगन्जमा आयोजना गरेको लुम्बिनी कपमा पनि एपिएफले इन्जुरी समयमै पुलिसलाई हराउँदै उपाधि उचालेको हो । यता, रौतहट बागमती गोल्डकपको सेमिफाइनलमा विभागीय एपिएफ क्लबसँग पराजित हुँदो बाहिरिएपछि यो प्रतियोगिता खेल्न लागेको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन जारी प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गर्नेछन् ।