१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ बैशाख २० शनिबार १९:१८:oo
Read Time : < 1 मिनेट
प्रदेश

कांग्रेस मधेश प्रदेश विभागीय प्रमुखलाई अभिमुखीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १९:१८:oo

कांग्रेस मधेश प्रदेशका पदाधिकारी, विभागीय प्रमुख तथा सचिवहरूको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले आठवटै जिल्लाका १३६ वटै स्थानीय तहमा पार्टी संगठनलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए। उनले सबै नेता तथा कार्यकर्ताहरूलाई पूर्ण इमानदारीका साथ पार्टीको हितमा समर्पित भएर लाग्न निर्देशन दिए।

कांग्रेसलाई बलियो बनाउनु सबैको दायित्व भएको र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन सुदृढ गर्नुपर्ने उनले औंल्याए।  विभिन्न बहानामा भइरहेको बेथिति अन्त्य गर्दै कांग्रेसको मूलमन्त्रलाई आत्मसात गरेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा पार्टीका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले विभागीय प्रमुखहरूलाई विधान, नीति तथा जिम्मेवारीबारे प्रशिक्षण दिए। उपसभापति वीरेन्द्रप्रसाद सिंहले पार्टी विधानको अध्ययनमार्फत सबैलाई आफ्नो भूमिका स्पष्ट रूपमा बुझ्न आह्वान गरे।

सोही अवसरमा कांग्रेस कोशी प्रदेश सभापति उदय थापाले मधेशमा पार्टीलाई बलियो बनाउन विभागीय प्रमुखहरूको भूमिका निर्णायक हुने बताए। यस्तै, मधेश प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवले जिल्लागत योजना र भावी रणनीतिबारे प्रकाश पारे।

कार्यक्रममा प्रदेश कार्य समितिका सदस्यहरू, विभिन्न विभागीय प्रमुख तथा सचिवहरू, आमन्त्रित सदस्यहरू लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।