१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार

१२ कक्षाको परीक्षाका लागि रुपन्देहीका ६३ केन्द्र, २४ हजार विद्यार्थी सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

१२ कक्षाको परीक्षामा रुपन्देहीका ६३ केन्द्रबाट २४ हजार विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका १४ वटा पालिकामा ४८ वटा सामुदायिक विद्यालय १३ वटा निजी विद्यालय र दुईवटा पब्लिक क्याम्पस गरी ६३ वटा परीक्षा केन्द्र कायम गरिएको छ। रूपन्देही जिल्लाका १६ वटै पालिकाका १ सय ६६ वटा विद्यालयका १८ हजार ९ सय ८६ नियमित र ५ हजार १ सय १० आंशिक गरी २४ हजार ९६ विद्यार्थीहरू परीक्षामा सहभागी हुने छन्।

परीक्षाको तयारीका क्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलको आयोजनामा १२ कक्षाको परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी केन्द्राध्यक्षहरूको लागि अभिमुखीकरण कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ ।

जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका अध्यक्ष एवं रूपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले १२ कक्षाको बोर्ड परीक्षामा हेल्थ डेस्क, परीक्षाको वातावरण ,परीक्षा हल व्यवस्थापन ,प्रश्नपत्र प्राप्ति ,वितरण सञ्चालन र व्यवस्थापनका लागि केन्द्राध्यक्षहरूको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न र शान्ति सुरक्षा व्यवस्थापनमा सुरक्षा प्रमुखहरूले विशेष ध्यान दिन निर्देशन दिएका थिए। अभिमुखीकरण कार्यक्रम सहभागी नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यक्रममा परीक्षाका विविध पक्षमा जानाकारी गराइएको थियो ।

जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका सदस्य सचिव एवं शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख माधव बन्जाडेले परीक्षार्थीहरू ७ः३० बजे कक्षा कोठामा बसिसक्नु पर्ने र ८ः१५ पछि आउने विद्यार्थीहरूको लागि परीक्षामा सहभागी नगराइने भएको हुनाले केन्द्राध्यक्षहरूले गोपनियताका साथ होसियारीपूर्वक सञ्चालन गर्नको लागि निर्देशन दिए ।