मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
फाइल तस्बिर
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुखी नेपाल बनाउँछु भन्नेहरूले विद्यार्थीलाई विदेश पठाउँदै छन् : प्रेम सुवाल

‘विपिनको अवस्था बेवास्ता गरी सरकारले फेरि युवालाई इजरायल पठायो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

सांसद प्रेम सुवालले सुखी नेपाल बनाउने दाबी गरेका सरकारहरूले विद्यार्थीलाई विदेश पठाइरहेका बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सरकारहरू अदूरदर्शी हुँदा नेपाली युवाहरू पढ्ने नाममा बिदेसिन बाध्य भएका उल्लेख गरे।

‘नेपालमा सुखी नेपाली बनाउने दाबी गरेका सरकारहरू विद्यार्थीलाई अभिभावकको खर्चको बन्धक बेच्न लगाई पढ्न पढाउँदै छन् विदेशमा । यसको एउटा परिणाम भारतको ओडिसामा पुर्‍याइएका नेपाली छात्रामाथि भएको दुर्व्यवहार र मृत्युवरण पनि हो । सरकारहरू अदूरदर्शी हुनुको परिणाम हो यो,’ उनले भने।

हमासले बन्धक बनाएका विपिन जोशीको अवस्थालाई बेवास्ता गरी सरकारले पुनः युवाहरूलाई इजरायल काम गर्न पठाएको भन्दै सुवालले आपत्ति जनाए। उनले भने, ‘विपिन जोशीलाई इजरायलमा काम गर्न र कमाउन पठाएको सरकारले उनको अवस्थालाई बेवास्ता गरी अहिले फेरि एक हजार नेपाली युवालाई युद्धभूमि इजरायलमा आजै रोजगारीमा पठाएको सार्वजनिक भयो । यो देश र जनताको हितमा छैन ।’