१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार

गृह मन्त्रालयको दबाबपछि एआइजी केसीद्वारा राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१६:oo

नेपाल प्रहरीका एआइजी रवीन्द्र केसीले राजीनामा दिएका छन्। स्रोतका अनुसार गृह मन्त्रालयको दबाबमा उनले राजीनामा दिएका हुन्। 

चैत ५ गते अवकाश पाउन लागेका डिआइजी जनक भट्टराईलाई बढुवा गराउन उनलाई राजीनामा दिन लगाइएको हो। ‘एआइजी बढुवा हुने वेलामा नै उहाँलाई त्यो सर्त राखिएको रहेछ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोहीअनुसार राजीनामा दिन दबाब आएको बुझिएको छ।’ 

केसी एक महिनाअघि मात्र एआइजीमा बढुवा भएका थिए। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए। उनको राजीनामा स्वीकृत भने भइसकेको छैन। सोमबारको मन्त्रिपरिषद् बैठकमा स्वीकृतिका लागि पठाउन लागिएको छ। 

राजीनामा स्वीकृत भएलगत्तै बढ्वा प्रक्रिया अघि बढाउन लागिएको छ । भट्टराईलाई सेवा सुविधा थप्नकै लागि केही दिनका लागि एआइजीमा बढुवा गर्न लागिएको स्रोत बताउँछ । यसले राज्यकोषमा भने भार बढ्नेछ।