१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका ताप्लेजुङ
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी भट्टराईसहित तीन पत्रकार पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

नयाँ पत्रिकाका ताप्लेजुङ समाचारदाता केशवप्रसाद भट्टराईसहित जिल्लाका तीन पत्रकार पुरस्कृत भएका छन्। प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा जिल्लाका तीन पत्रकारलाई पुरस्कारसहित सम्मान गरिएको हो।

पुरस्कृत हुनेमा नयाँ पत्रिकाकर्मी एवं नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान कार्यसमिति उपाध्यक्ष गंगा लिंखिम रहेका छन्।

तीनैजनालाई सम्मानपत्रसहित १० हजार १०५ रुपैयाँ प्रदान गरिएको प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष वसन्त पालुंवाले जानकारी दिए। उनीहरूलाई नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले दोसल्ला ओढाई सम्मानपत्र र नगद प्रदान गरेका थिए।

प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, जयमती कर्णबहादुर पत्रकारिता पुरस्कार र अग्निप्रसाद-भीमादेवी पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ।

छुटाउनुभयो की ?