मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १ बुधबार
  • Friday, 07 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छ : मुख्यसचिव बैरागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १७:३६:oo

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्।

बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित मूल समारोह कार्यक्रममा मुख्यसचिव बैरागीले यस्तो बताएका हुन्। उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ ऊर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको औँल्याए।

‘जलवायु परिवर्तनले आक्रान्त भइरहेको विश्वमा स्वच्छ उर्जाको महत्व छ। नेपाल जलस्रोतको धनी देश भएर पनि अझै उल्लेख्य रूपमा प्रगति हासिल गर्न सकेका छैनौँ। स्वच्छ ऊर्जाले खनिजजन्य ऊर्जालाई प्रतिस्थापन गर्दै जानुपर्छ भन्ने कुरा अगाडि बढेको छ। नेपालको समृद्धि स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट सम्भव छ,’ उनले भने।