१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थ मन्त्रालयलाई गाली गर्नु आवश्यक छैन, खर्च गर्ने संरचनामै समस्या छ : हरि रोक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरू काम गर्न लायक नभएको बताएका हुन्।

रोकाले नेपालबाट निर्यात हुने उद्योगहरूको भ्यालु एडिसन हुनुपर्ने बताए। त्यस्ता उद्योगमा सामान्य मानिसहरुलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नति हुने उनले औँल्याए। उनले आर्थिक वृद्धिदरको हिसाब गर्न छाड्नुपर्नेमा समेत जोड दिएका छन्।

‘अर्थ मन्त्रालयलाई धेरै गाली गर्नु आवश्यक छैन। हाम्रो अर्थतन्त्रको खर्च गर्ने संरचनामा नै समस्या छ। संरचनागत रूपमा नयाँ खालको परिर्वतन नगरी केही कुरा लागू हुँदैन। जस्तो अर्थमन्त्रीले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने भन्नुभएको थियो। तर त्यो कार्यान्वयन हुन सकेन। हाम्रो पुँजीगत खर्च गर्ने निकायहरू काम गर्न लायक नै छैनन्। कुनै मन्त्रालयले आफ्नो कोटा पूरा गर्दैन,’ रोकाले भने।