मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
सौरभ यादव राजविराज
२o८२ असोज १ बुधबार १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यक्षबाट राजीनामा दिन सिके राउतलाई पार्टी नेताहरूको २४घन्टे अल्टिमेटम

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १८:४o:oo

जनमत पार्टीका शीर्ष नेताहरूले पार्टी अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई पत्राचार गर्दै २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन्।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले व्यापक राजनीतिक हलचल ल्याएपछि नेताहरूले नयाँ नेतृत्वको आवश्यकता रहेको भन्दै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन अल्टिमेटम दिएका हुन्।

पार्टीभित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट समूहले पार्टी विचार, उद्देश्य र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न असफल भएको निष्कर्ष निकाल्दै नेतृत्व परिवर्तनको माग गरेका छन्।

‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका वेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ,’ पत्रमा भनिएको छ।

नेतृत्व परिवर्तनको माग गर्ने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सिके सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्। 

यी नेताहरूले अध्यक्ष सिके राउतलाई राजीनामा दिएर पार्टीलाई थप लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।