
कोल्हवी डटकमका सम्पादक अशेष ढुंगानामाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । गत भदौ २४ गते जेन–जी समूहले बाराको कोल्हवीमा गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार ढुंगानालाई आन्दोलनकारीले आक्रमण गरेको महासंघ बारा शाखाले जनाएको भन्दै महासचिव रामप्रसाद दाहालले आक्रमणको भर्त्सना गरेका छन् ।
जनतालाई सुसूचित गर्ने कार्यमा खटिएको पत्रकारको पेसाको सम्मान गर्न पनि उनले आग्रह गरे । साथै महासंघले घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गरेको छ ।