Skip This
बागमती प्रदेश सभाका सभामुख पाठकले दिए औपचारिक रूपमा राजीनामा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
Invalid date format १३:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाका सभामुख पाठकले दिए औपचारिक रूपमा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३१:oo

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले औपचारिक रूपमा पदबाट राजीनामा दिएका छन् । यसअघि २४ भदौमा जेन–जी पुस्ताको आन्दोलनको दोस्रो दिन सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएका हुन्।

पाठकले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुखसमक्ष राजीनामा बुझाएको बताएका छन् । उनले तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न असहज भएकाले औपचारिक पत्र पठाउन नसकेको स्पष्टीकरणसमेत दिएका थिए ।

राजीनामा–पत्रमा पाठकले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले आफूलाई अत्यन्त भावविह्वल बनाएको उल्लेख गरेका छन् । उनले राष्ट्र शोकमा डुबिरहेको वेला जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत सभामुख पदमा बसिरहनु उचित नलागेको कारण आफूले राजीनामा दिएको बताएका छन् ।

पाठकको राजीनामाको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ । २८ पुस ०७९ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा ६४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए । यससँगै बागमती प्रदेश सभामा सभामुख पद रिक्त बनेको छ ।