मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्राउन सुगर खरिद गर्न भारत पुगेका तीन नेपाली पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १७:३६:oo

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर खरिद गर्न भारतको बेतौन्हा पुगेका तीन नेपालीसहित चारजनालाई भारतीय सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र बिहार पुलिस सीमा चौकी जयनगरको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध कारोबारको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तीनै नेपाली राजधानी काठमाडौंका हुन्। काठमाडौं महानगरपालिका घर बताउने २४ वर्षीय रोशन माझी, २५ वर्षीय सृजन महर्जन र २५ वर्षकै जितेन्द्र महर्जन रहेकाे एसएसबीको बेतौन्हा बिओपीले जनाएको छ। उनीहरूलाई लागुऔषध ब्राउन सुगर बेच्ने गरेकाे भारतका बेतौन्हा गाउँका २५ वर्षीय अभिषेक कुमारलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको छ।

१५० ग्राम ब्राउन सुगर, २ लाख नेपाली रुपैयाँ र उनीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरिएको एसएसबीका ४८औँ बाहिनी प्रमुख गोविन्दसिंह भण्डारीले बताए। पक्राउ गरेका चारैजनालाई थप अनुसन्धान गर्न हिरासतमा राखिएको भारतीय प्रहरीले जनाएको छ।

यो घटनाले सिराहामा नेपाल प्रहरीले पछिल्लो समय गाँजा र ब्राउन सुगरलगायतका लागुऔषध कारोबारमा कडाइ गरेपछि युवाहरू छिमेकी देशका विभिन्न बजार जान थालेका देखाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिसपी वीरेन्द्रकुमार पासवानले सिराहामा लागु्औषधको सेवन र कारोबारलाई नियन्त्रणमा लिन विशेष अभियान जारी रहेकोले युवाहरू भारतीय बजार पुग्ने गरेका बताए। सिराहाबाहेक पहाडी जिल्लाबाट पनि युवाहरू मोटरसाइकलमा सीमापारि पुगेर लागुऔषध सेवन गर्ने गरेको सूचना आएको र भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको डिएसपी पासवानले बताए।