Skip This
इतिहासमा आज
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज १ बुधबार १o:५७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १o:५७:oo

सन् २०२४ : हिजबोल्ला समूहका सदस्यले बोक्ने हजारौँ पेजर एकैपटक पड्किँदा करिब दुई हजार ८०० जना घाइते भए । 

सन् १६८३ : ‘रोयस सोसाइटी अफ लन्डन’लाई लेखेको पत्रमा डच वैज्ञानिक एन्टनी भान लेभन्हुकले ब्याक्टेरियाको अस्तित्वको पहिलो सार्वजनिक उल्लेख गरे । यस आविष्कारका लागि उनलाई ‘माइक्रोबायोलोजीको पिता’ पनि भनिन्छ ।

सन् १७८७ : फिलाडेल्फियामा बसेको संविधा नसभाको बैठकमा ३८ डेलिगेट्सले हस्ताक्षर गरेसँगै अमेरिकाको संविधान स्वीकृत भयो ।

सन् १८०९ : ‘फ्रेडरेक्सन सन्धी’ले फिनल्यान्डको स्वामित्वका लागि स्विडेन र रुसबिच चलेको युद्ध अन्त्य गर्‍यो । सन्धिअनुरूप फिनल्यान्ड रुसको स्वायत्त क्षेत्र बन्यो ।

सन् १८४९ : दासप्रथाविरोधी अभियन्ता हेरियट टबम्यान पहिलोपटक मेरिल्यान्डस्थित मालिकको घरबाट भाग्न सफल भइन् ।

सन् १९३९ : पोल्यान्डको पश्चिमी भाग जर्मनीले कब्जा गरेको १६ दिनपछि सोभियत संघले बाँकी पूर्वी भाग कब्जामा लियो । जर्मनी र सोभियत संघबिच भएको ‘मोलोटोभ–रिबेनट्रोप सम्झौता’अनुरूप उक्त कारबाही भएको थियो ।

सन् १९७८ : इजिप्ट र इजरायलबिच अमेरिकाको मध्यस्थतामा अमेरिकी राष्ट्रपतिको बिदा मनाउने ठाउँ क्याम्प डेभिडमा ‘क्याम्प डेभिड सम्झौता’ भयो ।

सन् १९८० : पोल्यान्डमा लेक वालेसाको नेतृत्वमा सत्तारुढ कम्युनिस्टविरोधी मजदुर संगठन ‘सोलिडारी’ गठन भयो ।

सन् २०११ : आर्थिक असमानताको विरोधमा अमेरिकाको न्युयोर्कमा ‘अकुपाई वाल स्ट्रिट’ अभियान सुरु भयो । नोभेम्बर १५ सम्म चलेको अभियानले ‘हामी ९९ प्रतिशत’ भन्ने नारा प्रचलित गर्‍यो ।