Skip This
विश्व च्याम्पियन फुटबलर  सामुुएलले लिए सन्न्यास 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार o९:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व च्याम्पियन फुटबलर  सामुुएलले लिए सन्न्यास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार o९:४६:oo

विश्वकप विजेता फ्रान्सका डिफेन्डर सामुएल उम्टिटीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामुएलले १५ वर्षको व्यावसायिक फुटबल करिअरबाट सन्न्यास लिएको मंगलबार जानकारी दिएका छन् । सन् २०१८ मा फ्रान्सले फिफा विश्वकप जित्दा उनले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेका थिए । गत सिजन फ्रान्सेली लिग क्लब लिल छोडेपछि सामुएल क्लबविहीन छन् । एक वर्षको अवधिमा कुनै पनि क्लबले सम्झौता नगरेका कारण उनले करिअर नै समाप्त गरेको जनाएका छन् । ‘मेरो करिअरमा धेरै उतारचढावले भरिएको थियो । अब फुटबलबाट बिदा हुने समय आएको छ,’ सामुएलले सोसल मिडियामा भनेका छन्, ‘मैले डेढ दशक मिहिनेत र सम्पूर्ण जोशका साथ खेलेँ । सन्न्यासको घोषणा गर्दा मलाई कुनै पश्चात्ताप छैन ।’ 

सन् २०१० मा फ्रेन्च क्लब लियोनको दोस्रो टोलीबाट सामुएलले व्यावसायिक करिअर सुरु गरेका थिए । छोटो समयमै सिनियर टोलीका लागि डेब्यु गरेको उनले विश्वकप जित्दासम्म खासै उतारचढावको सामना गर्नुपरेन । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले सामुएलको योगदानलाई कदर गरेका छन् । ‘युरो २०१६ बाट राष्ट्रिय टोलीमा प्रवेश गरेका सामुएलले २०१८ विश्वकप जित्न महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए,’ प्रशिक्षक डिडिएरले भने, ‘विशेष गरी बेल्जियमविरुद्धको निर्णायक गोल सबैले सम्झिरहनेछन् ।’ 

प्रशिक्षक डिडिएरले पूर्वराष्ट्रिय टोलीका डिफेन्डर सामुएलको अन्तिम क्षणसम्म साहसिक प्रदर्शन गर्ने खेलाडी भएको बताए । ‘सामुएल अन्तिमसम्म हार नमान्ने खेलाडीमा पर्थे । डिफेन्समा हामीलाई कुनै चिन्ता हुँदैन्थ्यो,’ प्रशिक्षक डिडिएरले भने । 

सन् २०१८ को विश्वकप विजेता टोलीबाट सन्न्यास लिने सामुएल पाँचौँ खेलाडी हुन् । यसअघि ब्लेज माटुइडी, अदिल रामी, राफाएल भारेन र स्टिभ मन्डान्डाले सन्न्यास लिइसकेका थिए । 

बार्सिलोनामा जमेका 
फ्रेन्च क्लबपछि सामुएल सन् २०१६ मा बार्सिलोनामा आबद्ध भए । बार्सिलोनाबाट उनले दुई ला लिगा उपाधि र तीन कोपा डेल रे जितेका थिए । फ्रान्सका लागि ३१ खेल खेलेका उनले चार गोल गरेका छन् । जसमध्ये उनले सन् २०१८ को विश्वकप सेमिफाइनलमा बेल्जियमविरुद्धको १–० को जितमा निर्णायक हेडिङ गोल गरेका थिए । उनले सन् २०१२ मा फ्रेन्च कप जितेका थिए । पछिल्ला वर्षमा लगातार चोटपटकका कारण उनी राष्ट्रिय टोलीमा फर्कन संघर्षरत रहे । ‘फ्रेन्च क्लब लिलमा फर्किनका लागि मैले सबै प्रयास गरेका थिएँ, तर केही काम लागेन,’ उनले भने, ‘मैले कति संघर्ष गरेँ, तर मेरो शरीरले साथ दिन सकेन ।’ लियोनका लागि उनले एक सय ३१ फ्रेन्च लिग वान खेलमा तीन गोल गरेका छन् । 

उनले बार्सिलोनाबाट एक सय ३४ खेल खेलेँ । यसैगरी, उनी सन् २०२२–२३ को सिजनमा इटालियन क्लब लिलमा रहे । क्लबका लागि उनले २५ इटालियन सिरी ‘ए’ खेल खेलेका थिए । उनी सन् २०२३ मा बार्सिलोनाबाट फ्रेन्च लिग वानमा फर्किएका हुन् । लिलमा अनुबन्ध भएका उनले मात्र ६ लिग खेलमा मौका पाए ।