
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। मंगलबारबाट बन्द गरिएको हवाई उडान पुनः सुरु गरिएको हो।
बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले उडान पुनः नियमित गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।
‘हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न’ सूचनामा भनिएको छ।
साथै आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिएर आउनसमेत आग्रह गरिएको छ।